Saturday, 5 December 2009

कान्छो छोरो (पत्र-साहित्य)

होमनाथ सुवेदीहोमनाथ सुवेदीको पत्र-साहित्यको मालाको रुपमा प्रकाशन गर्दै जाने क्रममा यी पत्रहरु क्रमशः प्रकाशन गरिएको छ -सम्पादक श्री पि्रय प्रकाशसुभाशीर्वाद अमेरिकामा हामी सबै परिवार सँन्चै छौं । त्यहाँ तिमी एक्लै भयौ । परिवार सबै यता परियो । हाम्रो मन तिम्रो माया र वियोगको पीडाले भरिएको छ । तिम्रो स्वाथ्य राम्रो रहोस् । हाम्रो यही कामना छ । कान्छो भएर जन्मनु नारी भएर जन्मनु हरुवा भएर जन्मनु शत्रुलाई पनि नपरोस् । यसले मान्छेलाई सबभन्दा बढी एकाकी दयनीय शोषित पीडित र पिछडिएको बनाउँदो रहेछ । म दूर देशमा छु तर आज मलाई मेरै देशमा भएको कान्छो छोरो उसको आफ्नो देशमा भए पनि ऊ नै दूर देशमा भएको अनुभव भइरहेछ । त्यसैले मन काटिएर यो चिठी लेख्दैछु । तिम्रो दाजु दुई ढाई वर्ष अगाडि नै अमेरिका आए । ममी र बहिनी नि २ ४ महिना नै भैसक्यो तिमीलाई एक्लै छोडेर यता आइसकेका छन् । नातिलाई हेरविचार गर्ने जिबा जिआमा पनि यतै आएर बस्नुभएको छ । तिमी त्यहाँ एक्लै छौ । ममीको यादले तिमीलाई सताइरहेको होला । अरुलाई अमेरिका बोलाउने कागजपत्र गर्दा तिमीलाई पछि गरौंला भनेर वास्ता गरिन । ऐले पछुताएको छु । जेठो छोरो पुरुषोत्तम पाउँदा जन्मदाको खुशी र जेठी छोरी शोभा जन्मदाका लाडप्यार तिमी कान्छालाई दिन पाएको पनि कहाँ हो र रस त मजासित जेठो छोराले लिइवरी बुहारी लिएर हिड्दा रहेछन् । कान्छा बेचरा मन मरे पछिका सन्तानले ल्याडप्याड कहाँ प्यार पाउनु र त्यसमा पनि आमाबाबु थाकिसकेका हुन्छन् । बाबु डाँडाकाँडा हेर्ने आमाको कोरा मायाले मात्र कान्छाको उद्धार कसरी हुने यस्तै भएर रहेछ कान्छो छोरा पछि पर्ने । म त्यसो हुन दिन्न । मेरो मन त्यस्तो पक्षपाती छैन । सबै कान्छा खराब कहाँ हुन्छन् र प्रगति गरेका माया पाएका कान्छा पनि त छन् । तिमीले त्यस्तो असल कान्छो बन्नुपर्छ । कान्छो छोरो पनि मान्छे हो र दाजुको मात्र खोइरो खन्न हुन्न भनेर तिम्री ममीले तिमीलाई भनेकी थिइन् रे त्यस बेला तिमी बेपत्तासित रोएका थियौ रे ! हो तिमी त्यस्ता छैनौ भन्ने कुराको प्रमाण हो यो भन्ने ठानेको छु मैले । तिमी त्यस्ता छैनौ पनि । एक्लै तिमी बस्नुपरेको छ कसो गर्ने त्यस बेला हाम्रो परिवार आर्थिक संकटमा थियो । म नै देश छोडेर समुद्रपार हराएँ । तैपनि आजसम्म त तिम्रो भोक तिर्खा हेर्ने आमा त साथमा थिइन् । ऐले त तिम्री ममी दाजु बहिनी सबैलाई तिमीबाट अलग छुटाएर अमेरिका ल्याए पछि त ऐले मलाई लागेको छ - तिमीले के अपराध गरेका थियौ र तिमीलाई मात्र त्यो कोही नभएको देशमा किन छोडेको कुनै नराम्रो कारणले तिमीलाई अमेरिका नल्याएको हैन । काम गर्दै जाँदा तिम्रो पालो पछि परेको मात्र हो । ऐले मलाई लाग्छ -कान्छा हुने छोरालाई यस्तै यस्तै पछाडि पर्ने बेवास्ता हुने अथवा बाबुले सेवा पुराउन नभ्याउने हुन्छन् होला अनि कान्छाहरु पछि न परे को पर्ने कान्छाहरु दुःखी नभए को हुने कान्छा शाशित र दास मात्र नभए के हुने बाबुलाई कान्छाप्रनि माया नभएको हैन प्रकाश ! जानेर अरु पहिले ल्याएर कान्छा छोराको पालो पछाडि पारेको हैन । प्रकाश परिवन्दले यस्तै पर्न आयो । तिमी एक्लै काठमाडौंमा छौ । एक्लै कसरी पकाउने खाने बस्ने गरेका छौ पकाउने भान्से त राखेकै छ तैपनि आमाले बाबुले प्यारले खान दिए जस्तो कहाँ हुन्छ र हाम्रै पनि यहाँ एक्लै पेट भरिन्न । खान मन लाग्दैन । प्रकाश ! यौटा छोरा तिमीलाई दूरदेशमा राखेर हामी देशान्तरमा बस्दा हामी जतिसुकै वैभवशाली देशमा भए पनि खाएको आँगमा लाग्दैन । ममी नन्दाको त हरएक दिन झगडै त्यही छ कि प्रकाशलाई अमेरिका किन न बोलाएको !आमाको मन हो । किन न रोओस् ! परिवारको सम्मिलन कुन बाबुलाई प्यारो हुन्न तिमीलाई पनि त्यहाँ एक्लै बस्दा कम गाह्रो हुन्न । तर प्रकाश ! कुनै पनि कुरा बेला नआइहुन्न । बि्रज नआएसम्म पर्खनुपर्छ । जबर्जस्ती गरेर हुन्न । प्रतीक्षा एक परीक्षा हो । यसमा टिक्न सक्नुपर्छ । म तिमीलाई र कल्पना दिदीलाई बोलाउने कागजपत्र चाँडै नै पठाउँछु । समुद्र वारिपारिका बसाइसराइको कुरो हो । हाम्रो मात्र हैन । यस्तो अरुहरुको पनि भएको छ । धन्दा मान्न हुन्न । अमेरिका आउने भिसा न पाएसम्म हल्ला नगर्नु । भिसा न पाए शत्रु हाँस्छन् । तिमीलाई त्यहाँ पनि के कमी छ र चाहिए जति पैसा छ । खर्च गर्न अब अरुको आज्ञा चाहिदैन । म नहुदा घरको मालिक तिम्री आमा र दाइ थिए । दाइ र ममी पनि यता आए पछि घरको मालिक नै तिमी छौ । पहिले अरु मालिक भएकाले तिमीलाई चिठी लेख्नुपर्दैन थियो । अब अरुको सट्टा तिमी नै मात्र एक नेपालको श्रीसम्पत्तिको मालिक भए पछि त नाकमा टिम्मुर लाएर तिम्रो नाममा चिठी लेख्नुपर्यो नत्र त कान्छाको नाममा त चिठी लेखिएको यौटै पनि न पाइने ! पाए पनि नाम मात्र आशीर्वाद प्यार भन्दिनु भन्ने मात्र । कति हेलासी हुदा रहेछन् कान्छा छोराहरु । तर ऐले तिमीले जति खर्च गरे पनि हुन्छ । चिठी तिम्रै नाममा पठाउँछौं । आम्दानी खर्च राम्ररी राख्ने र मजा पनि गरेर बस्न सक्छौ । तिम्रै नाममा पत्राचार हुनुभनेको तिम्रो थाप्लामा दायित्व आएको हो र यो ठूलो जिम्बेवारी पनि हो । नचाहिने कुरामा खर्च गर्न हुन्न । जेठाहरुलाई पनि त यस्तो व्यवहारको दायित्वबोध गरेर पिना पेलेर काम निकाल्ने गरेकै हुन्छन् । अन्यथा उनलाई पनि को मान्थ्यो र घर घाडा राम्ररी उठाएर बैङ्कमा राख्नू । दाइले भनेका मजदुरको बाँकी रकम भुक्तानी दिएका होउला । मजदुरको खान हुन्न । कन्ट्रयाक्टरहरुको पनि पाकेको पैसा दिए होउला । न दिएको भए दिनू । दाइले तिमीलाई धेरै चेकमा सही गरेर आएको छु भनेका थिए । ती चेक अरुको हात पर्न न दिनू । बैङ्कमा कति ब्यालेन्स छ कसैलाई भन्न हुन्न । अब व्यवहार सिक्नुपर्छ । अब िसंग जूरो आउन्न । आफ्नै थाप्लामा नआई कसले सिक्छ र ! कामले काम सिकाउँछ । हिम्मत गरी त्यहाँको व्यवहार चलाऊ र पढाइलाई पनि राम्रो बनाइराख । हामीलाई जस्तै तिमीलाई पनि नियास्रो लागेको कुरो त यस अगि तिमीले लेखेको चिठीबाटै बुझेको छु । तर आत्तिन हुदैन । नेपालदेखि अमेरिकासम्मको बसाइसराइको यो लामो यात्रामा कष्ठहरु त पक्कै हुन्छन् । नेपालमा प्रतीक्षा मात्र दुःख हो तिमीलाई । अमेरिका आएर नै मात्र पनि सुख त कहाँ पाइन्छ छ र ! वरु त्यही यहाँको पैसाले मोजमज्जा र आराम गर्न सकिन्छ । पैसाले मात लागेर पढाइ बिगार्ने काम भने गर्न हुदैन प्रकाश!तिम्रो पढाइको ग्रेड नै हो तिमीलाई नेपाल खाल्टोबाट उडाएर यो अमेरिकाको आकाशमा ल्याएर हामीसित मिलाउने कडी पनि । राम्रो ग्रेड ल्याएर पढे मात्र यहाँका विश्वविद्यालयले छात्रवृत्ति दिन्छन् र अमेरिकी राजदूतावासले भिसा पनि दिन्छ अनि मात्र अमेरिका छिर्ने पनि मौका पाइन्छ र हाम्रो भेट हुन्छ अन्यथा भेट पनि हुदैन भन्ने संझेर पेज र पाइनले पढ्नुपर्छ । त्यसैले आफ्नो लक्ष्य पूरा गर्न गुच्चा खेल्ने पार्टीतिर न लागेर पढाइतिर लाग्नू । न पढेदेखि त क्रान्तिकारी पार्टीमै गए पनि हल नै चलाउने हो अमेरिका आए पनि पुलिस भएर बन्दुक नै चलाउने हो । आफूले आफैलाई न बनाए अर्काले त्यसै मन्त्री बनाइदिदैन । आफूलाई योग्य बनाउनु पहिलो काम हो तिम्रो । यसो भनेर अरु विकल्प न हेर्ने पनि हैन । प्रकि्रया मिल्यो भने त म तिमीलाई जति सक्दो चाँडो अमेरिका नै बोलाउँछु । मेरा हजुरबा बा बाह्र वर्षको छंदै बित्नुभएको थियो । हाम्रा पिताजीले जहिले पनि आमाले जेठालाई अन्याय गर्छन् भन्नुहुन्थ्यो तर माहिलाबा र कान्छाबा सँधै अंशवण्डा मिलेन हामीलाई कम भयो भनेर लड्नुहुन्थ्यो । यस्तो धेरै भाइमा भएको हुन्छ । तर म तिमी दुइभाइमा समान व्यवहार होस् भन्ने चाहन्छु । पिताको नातो न्यायसित पनि गाँसिएको छ । म कान्छा छोरा तिमीमा प्रेम न्याय र सद्भावको कामना गर्दछु ।ऐले तिमी काठमाडौंमा छौ । तिमी ताकम हुदा लेखेका थियौ - उठापठाई बिग्रको छ । व्यवहार कसरी सपार्ने भन्ने तिम्रो ज्ञान र अभिवृति र सीपबाट म पहिलेदेखि प्रभावित छु । त्यसको विस्तार होस् । म यत्ति चाहन्छु । मैले सदा प्रकाशको खोज गरेको छु । कान्छो छोरो पनि मान्छे हो र एक्लै छोडिस् भन्छ मेरो मनले । कान्छो पर्यो अन्याय भो । कान्छाले नराम्रै काम गरेका भए पनि कान्छाको दुर्गति वा ऊ एक्लो परेको त बाबुले देख्न सक्दैन नि । सबैलाई जित्ला बाबुले तर सन्तानलाई जित्न सक्दैन । त्यसमा पनि कान्छो त सानो कलिलो नाजुक हुन्छ । बाबुहरुले हारेर पनि ऊसित संझौता नगरी सुख पाउन्नन् भने तिमीले त मबाट पाउनुपर्ने माया गुमाउनु बाहेक अरु केही प्राप्त गरेका छैनौं । यसैले पनि म तड्पिन्छु तिम्रो अभावमा । तिम्रॊ एक्लोपन संझेर यो देशान्तरमा । हिम्मत गर । म बोलाउँछु । आउछौ । कान्छाले पनि पौरख गरेका प्रशस्त उदाहरण छन् । तिमीले पनि मान्छे बनेर देखाउनेछौ । संसारलाई समानताको कठघरामा उभ्याउन खोज्ने मैले कान्छा छोरामाथि अन्याय नहोस् यत्ति पनि सोच्न सकिनभने म न बाँचे भयो । पर्ख तिमी आउछौ । मसंग धन छैन तर पुत्रलाई प्यार अपार छ ।लुष प्रेसबाट किताबहरु घरमा ल्याएर राख्नु । सिर्जना पनि आत्मज नै हुन् । माया त सन्तानकै बराबर हुन्छ । अरु पछि ।तिम्रो बुबाहोमनाथ सुवेदीवुडबि्रज भर्जिनिया

0 comments:

Post a comment

 

  © 2009 लिम्बु संसार // साहित्य

True Contemplation Blogger Template by M Shodiq Mustika